नेपाली नाटक ‘इम्ब्रियोनिक’ जापानमा प्रदर्शन गरिने

नेपाली नाट्य कर्मीले तयार पारेको ‘इम्ब्रियोनिक’ नाटक जापानमा मञ्चन गरिने भएको छ । टिकटमा प्रस्तुत गरिने उक्त नाटक जापानमा दुई सो प्रदर्शन गर्न लागिएको बताइएको छ ।
इन्द्रेणी थिएटरको प्रस्तुति रहेको उक्त नाटक आगामी अप्रिल ८ र अप्रिल ९ मा जापानको इतावासीस्थित सबटेरेनियम थिएटरमा मञ्चन गरिने उक्त संस्थाद्वारा पोखरामा आयोजित पत्रकार सम्मेलन जानकारी दिइयो ।
इन्द्रेणी थिएटरका अध्यक्ष केदारनाथ पौडेलले इम्ब्रियोनिक नाटकमा मानव विकासक्रम र अन्त्यसम्मको सङ्घर्षका गाथामा आधारित रहेको बताउनुभयो ।
“कला क्षेत्रमा सबै कलाका विधा प्रयोग गरेर केही नौलो प्रस्तुति जन्माउन खोजिएको उक्त नाटकलाई थप परिस्कृत गर्दै जापान लान लागिएको हो”, अध्यक्ष पौडेलले भन्नुभयो ।
नेपाली नाटक ‘इम्ब्रियोनिक’ जापानमा प्रदर्शन गरिने – Nepal Japan