Aaturkal

AATURKAL

Country
Nepal

Language(s)
Nepali

Genre(s)
Experimental

Event Type
Theatre

Entry
Ticket

Venue

POKHARA THEATER

 

Date(s)
FEB 17-23 | 4:30 pm

Duration
55 mins.

Director
Kapil Sharma

Assistant Director
Laxman Dumre

Playwright
Kedar Nath Paudel

 

केदार नाथ पौडेल

नाटक लेख्दा थुप्रै पटक म भावविह्वल भएको छु । देशमा परिवर्तनका नारा थुप्रै पटक घन्किए । थुप्रै व्यवस्था बदलिए तर न आत्मा न शरिरले सुखको अनुभुती गर्न पायो । जीवन ठक्करै ठक्करको मरुभूमि बन्न पुग्यो । पिडा, दुख र सङ्घर्षको पहाड हो आतुरकाल ।

कपिल शर्मा

फरक फरक अनुभूति गर्ने रहर.. केदार नाथ पौडेल पछिल्लो पुस्ताका चर्चित नाटककार हुन् । उनको पहिलो चर्चित नाटक घेरो र धनिरामको गोरु  मैले नै निर्देशन गर्ने मौका पाएको थिएँ । विशेषगरि नेपाली समाजको जरैसम्म पुगेर नाटक लेख्न सिपालु पौडेलको यो अर्को उदाहरण हो । विशेषत: गण्डक क्षेत्रलाई केन्द्र बनाएर लेखिएको नाटक हो ‘आतुरकाल’ र यसलाई निर्देशन गर्ने जिममा पनि मेरै हातमा परेको छ । यस् लाई कति न्याय गर्न सकें त्यो हजुरहरूले मूल्याङ्कन गर्नुहुने नै छ। नेपाल र नेपाली समाज भित्र भिन्नभिन्न रितिरिवाज, धर्म, संस्कार, संस्कृति, चालचलन र आ-आफ्नै सभ्यताहरू छन् । एउटा मान्छे जन्मेपछि उसले मृत्युवरण गर्ने बेलासम्म अनेकन अप्ठ्यारा परिस्थितिहरूको सामना गर्नुपर्छ । आफ्ना संस्कार, चालचलनले कसरी पिरोल्छ । एउटा सन्तान/एउटा बाबु/एउटी आमाले आफ्नो कर्तव्य निर्वाह गर्नका लागि कयौं त्याग गर्नुपर्छ । समग्र रूपमा भन्नुपर्दा ‘आतुरकाल’ एउटा मान्छेको जीवन चक्र हो ।

लक्ष्मण डुम्रे

सहकार्यकाे हिसाबले ईन्द्रेणी थिएटर संग याे मेराे पहिलाे सहकार्य  हाे । अभिनयकाे  लागि समुहसंग जाेडिए पनि निर्देशककाे आग्रहमा निर्देशन सहयाेगीकाे जिम्मेवारी  निर्वाह गर्नु पर्ने भयाे । याे नाैलाे अनुभव र सिकाईकाे पहिलाे खुड्किला हाे । लेखकले पहिलाे पहिलाे पटक कथासार सुनाउदा बेला-बेला  शरिरमा काडा उम्रिए .!  गाउँले परिवेशलाई टपक्क टिपेर समाजकाे प्रतिनिधित्व गर्दै  एउटा पात्रकाे जीवनमा आईपर्ने आराेह-अवराेह नाटमा देखाउन खाेजिएकाे छ । बाँकी नाटक बाटै । याे अवसर दिनुहुने लेखक , निर्देशक  तथा ईन्द्रेणी थिएटर परिवारलाई आभार ।

राजेन्द्र अधिकारी (अपुर्णा)

नाटक धनिरामको गोरुको रिहर्शल गर्दै थियौं। एकदिन केदार भाइ नयाँ नाटक लिएर आउनुभयो। नाटक सर्सर्ति अध्ययन गर्दै आँखा रसाए। धनिरामको गोरुको अन्तिम चरणमा पुगेका थियौं। त्यसलाई बीचैमा थाँति राखेर नाटक “आतुरकाल” गर्ने निर्णय गरियो। म एक रुखो मान्छे हुँ तर आतुरकालको रिहर्शलमा म आफै धेरैपटक भावविहल भएको छु। म कलाकारको हैसियतले यो नाटक प्रति कत्तिको न्याय गर्न सक्छु, आफैमा चुनौति छ।कन्टेन्टको हिसाबले यो नाटकले पक्कै पनि दर्शकहरुको मन छुने छ।

कलाकार

 


केदार नाथ पौडेल
नाटककार


कपिल शर्मा
निर्देशक


लक्ष्मण डुम्रे
सह-निर्देशक

राजेन्द्र अधिकारी (अपुर्णा)

प्राञ्जल 

ज्योती हमाल सिंह

शिवहरी अर्याल

अर्जुन गुरुङ्ग

रिमा शाही

विनोद पौडेल

उत्तम बिर जङ्ग राणा 

दिपेन्द्र पौडेल 

रामहरी अधिकारी (बित्त ब्यबस्थापक)

हार्दिक आभार 

गोरे गुरुङ्ग (उप कुलपती गण्डकी प्रज्ञा प्रतिस्ठान)

पदम ढकाल (कुलपती पोखरा प्रज्ञा प्रतिस्ठान)

मन कुमार श्रेष्ठ ( सदस्य सचिव गण्डकी प्रज्ञा प्रतिस्ठान)

परिवर्तन (पोखरा थिएटर)

दिपेन्द्र पौडेल ( निर्माण ब्यबस्थापक) 

रामहरी अधिकारी (बित्त ब्यबस्थापक)

बिकास पौडेल 

सम्झना अधिकारी पौडेल

अनिल तिम्लसिना 

प्रकास रिजाल

  सरोज अर्याल

  बिभु भुषाल 

बिजय राज अधिकारी

गोपाल अर्याल


सम्पर्क

इन्द्रेणी थिएटर , पोखरा २२ पुम्दी भुम्दी लुकुन्स्वारा
इमेल  : indrenitheatre@gmail.com 
Phone 9846638576 , 9856019705