Dhaniram Ko Goru

धनिरामको गोरु 

कलाकार 

नेपथ्यमा

सेट डिजाईन     केदार नाथ पौडेल
ब्यबस्थापक    बिकास पौडेल, रामहरी अधिकारी, सुनिल बराल
प्रकास संयोजन     बिभु भुसाल
प्रकास परिचालक     दिपेन्द्र पौडेल
वित्त ब्यवस्थापक     बिनोद पौडेल
श्रृङ्गार     सम्झना अधिकारी पौडेल
भेसभुषा     ज्योती हमाल , निलम
पोस्टर डिजाईन    केदार नाथ पौडेल

 

Synopsis of the Play/ Abstract

People perplex on the tiny things of daily life. The human thought shapes our behviour as we have sown and planted in our mind. Life becomes as the spiritual condition is. Millions of thoughts are born in a person’s mind in a day. But we hardly know how the tree survive. Why is the mountain constant? Why the wind keeps on blowing? Why do the flowers sprung selflessly and spray fragrance? We do not pay attention to these things and flood of thoughts sweep them away. The audience will enjoy the rhythm of the dance like a river, like a flower, like a cloud. I have been prepared to make audience feel all these.

कथासार

मानिस दैनिक जीवनका झिनामसिना कुराहरुबाट रुमल्लिइरहेको छ । तर मनरुपी खेतमा हामीले कस्ता विचारहरु रोपेका छौं, कस्ता विचारहरुलाई मलजल गरेका छौँ, विचार अनुरुप मनको अवस्था बन्दछ । मनको अवस्था जस्तो हुन्छ, जिन्दगी पनि त्यस्तै हुन्छ ।
एकै दिनमा मानिसको दिमागमा लाखांै सोचहरु जन्मिन्छन । तर हामीले कहिल्यै पनि रुख कसरी बाँचेको छ ? हिमाल किन अटल छ ? हावा किन चलिरहन्छ ? फुल किन बिना स्वार्थ फक्रिन्छ र सुगन्ध छरिरहन्छ यि चिज हरुमा ध्यान नै दिएनौ र विचारको बाढीले यि कुराहरु सोच्ने फुर्सदै हँुदैन । नाटक अबधिभर दर्शक नदी जसरी, फुल जसरी, बादल जसरी यिनीहरुकै लयमा रम्नेछन । यस्तै पेरीफेरीमा तयार छ यो नाटक ।

The message the play intends to convey

The play attempts to convey the message how the barren land, due to the fascination to abroad of the young generation of Nepal, can be cultivated and made productive by using less humanpower in the current situation. In addition to this, the drama displays the rural farmers’ life. Similarly, the play aims at messaging the audience that the traditional agriculture system should be modernised. At the same time, the play conveys the idea that the government stakeholders should facilitate the farmers who are stepping towards modernization of agriculture through technology. In an agricultural country like Nepal, dramas based on agriculture are rarely found, but this drama has exposed the plight of Nepali farmers.

 

लेखकको भनाई

नेपालमा अहिले तीन तहका स्थानीय सरकार छन्। तीनैवटा सरकारले कृषि क्षेत्रलाई विषेश प्राथमिकता दिएका छन्। संघीय सरकार मातहत रहेको कृषि मन्त्रालयले त,कृषि मुलश्चः जीवनम्’ भन्ने वाक्यलाई मुल मन्त्र नै बनाएको छ । यसैगरी प्रदेश र स्थानीय सरकारहरुले पनि कृषि क्षेत्र र किसानलाई प्रोत्साहन गरिरहेको र गर्ने बताईरहेका छन । तीनै तहका सरकारहरुले कृषिलाई प्रोत्साहन गरिरहेको बताईरहँदा नेपालका अधिकाँश किसानहरुकोअवस्था भने, आशा गरिए अनुसार सुधार हुन सकेको छैन । अझै पनि वहुसँख्यक किसाहरु परम्परागत र निर्वाहमुखी कृषि पेशा गर्न बाध्य छन । सरकारहरुले घोषणा गरेका अनुदान वास्तविकस किसानहरुकोफार्ममा पुग्न नसकेको तीतो यथार्थ नेपालमा व्याप्त छ । यही यथार्थलाई मनन्गर्दै यसलाई परफर्मिब्आर्ट मार्फत किसानका वास्तविक समस्या देखाउनुपर्छ भन्नेउद्देश्यका साथ यो नाटक लेखिएको हो । यो नाटकमा किसानका पीडा, उनीहरुको दैनिक जीवनयापन, जीवनशैली, बोलीचाली व्यवहार र लवज मिसाईएको छ । यहाँ प्रयोग भएका ठेट स्थानीय वाक्य र शव्दहरुले नाटकलाई अझै रोचक बनाएको छ भन्ने विश्वास लिएको छु । साथै यो नाटक लेखनमा प्रत्यक्ष रुपमा सहयोग गर्नुहुने पुम्दी भुम्दीका किसानहरु, पोखरा बजारमा रहेका नाट्कर्मी साथीहरु लगायत अप्रत्यक्ष सहयोग गर्नुहुने सबैमा हार्दिक आभार प्रकट गर्दछु ।

 

Message from the Playwright

Nepal now has three levels of government. The three governments have given special priority to the agricultural sector. The Ministry of Agriculture, which is under the federal government, has fixed the phrase ‘Krishi Mulashcha: Jeevanam’ (Agriculture is the root of life) as the motto. Similarly, the provincial and local governments have claimed they are equally determined for the promotion and development of the agriculture. However, the life of the most of the farmers in Nepal has not improved as expected. The majority of the farmers are still forced to engage in traditional and subsistence farming. The bitter reality is that the subsidies announced by the governments have not reached the target group. Keeping this in the mind, this play is written with the objective of showing the real problems of the farmers through Performing Art. The sufferings of the farmers, their daily life, lifestyle, colloquial behavior and love are amalgamated in this drama. It has been believed that the typical local phrases and words used here make the play more interesting. I would like to express my heartfelt gratitude to the farmers of Pumdi Bhumdi who have directly contributed to the writing of this play, and to all the playwright friends in Pokhara who have contributed in/directly.

निर्देशकीय

धनिरामको गोरु पश्चिमी पहाडी भेग अर्थात गण्डकी प्रदेशको सामाजिक र पारिवारिक अवस्थालाई चित्रण गर्दै लेखिएको नाटक हो । परम्परागत तथा निर्वाहमुखी कृषि प्रणालीबाट आधुनिक कृषि प्रणालीमा संक्रमण हुन लागेको गाउँको किसानको सामाजिक र मनोवैज्ञानिक अवस्था यो नाटकमा चित्रण गरिएको छ । यसका साथै नेपालको कृषि क्षेत्रमा जनशक्तिको अभाव, महिलामा निर्भर कृषिकर्मको बारेमा पनि भन्न खोजिएको छ । कृषि पेशामा आधारित परिवार कसरी महिलाको श्रममा निभएर छ भन्ने यथार्थ देखाउन खोजिएको छ । हाम्रो गाउँले समाजमा दिनहूँ घट्ने घटनाहरु । दैनिक जीवनशैलीको तानमा यो नाटक बुनिएको छ । योनाटकमा रंगमञ्चका कुनै सिद्धान्त र वाद प्रयोग गरिएको छैन । सामान्य ढंगले ग्रामिण जनजीवनलाई प्रस्तुत गरिएको छ । नाटक प्रस्तुतीको कुनै अमुर्तपना यो नाटकमा छैन । आधुनिक समाजमा विर्सिन लागिसलिएको शैली र भाषाले दर्शकलाई दुर दराजको कुनै गाउँमा लैजाने अपेक्षा नाटकले गरेको छ । नाटकमा प्रयोग भएका सामग्री र भेषभुषाले विशुद्ध गाउँलेपनको आभाष गराउँछ । नाटक प्रस्तुतीले दर्शकलाई कुन हलमा बसेर नाटक हेरिरहको भन्दा पनि गाउँले किसाहरुबीच भएको अन्तरक्रिया हेरिरहेको झैं लाग्छ । नाटकलाई सिद्धान्तका ठेलीका आधारमा भन्दा पनि अबोध ढंगले सरल भन्दा सरल बनाउने प्रयास गरिरहेको छ । हाम्रो जीवनलाई नाटकको मार्फतबाट कपिमा उतार्ने र निर्देशनको जिम्मा दिने लेखक केदारनाथ पौडेल र श्री इन्द्रेणी थिएटर परिवारलाई आाभर ।

The Words from the Director

Present play ‘ Dhaniramko Goru’ is written depicting the social and familial situation of western hilly region of Nepal i.e. Gandaki Province. The drama depicts the social and psychological condition of the rural farmer who are in transition of subsistence and traditional agriculture system and the modern agriculture system. In addition to this, lack of human power and the women dependent agriculture is next message to be delivered. This drama is woven in the tone of daily life. Interstingly, the drama avoids all the theatrical principle and –ism, rather simply the rural lifestyle has been presented. Neither there is any absurdity nor any abstraction. It has been expected that the language and style of the drama almost forgotten in the modern society will make the audience feel as if they have reached any remote village of the nation. Additionally, the costume and the dress will test as of the typical Nepali village. The audience are supposed to have enjoyed the real talk of the rural farmers rather than a dram in a theatre. Attempts to simply present the drama has been made rather than being based on the ground of the principle. Kedar Nath Poudel deserves innumerable thanks for the vivid playwright and providing me the responsibility  of director.

इन्द्रेणी थिएटर

इन्द्रेणी थिएटर नेपालको राजधानी काठमाडौं भन्दा बाहिर पर्यटकीय नगरी पोखरामा स्थापित एक गैरसरकारी सँस्था हो । नाटक तथा साहित्यका अन्य विधामार्फत सामाजिक मुद्दाको वकालत गर्नुका साथै सामाजिक समस्याहरुको निदान र निरुपण यसको मुख्य उद्देश्य हो । साथसाथै नेपालको लोक सँस्कृतिको जगेर्ना, हराउँदै गएका र जान लागेका लोकसँस्कृति एवम सामाजिक मुल्य मान्यताको खोजिनिती गर्दै त्यसकोसंरक्षण गर्ने ध्येयका साथ यसको स्थापना भएको हो । नेपाली रंगमञ्चको क्षेत्रमा परिपक्व मानव संसाधन तथा रंगमञ्चप्रति प्रतिबद्ध युवाको समुहले यसकोस्थापना गरेको हो । मानिस भर्चुअल जमानाबाट दिक्क मानिरहेको अवस्थमा जीवन, जगत र समाजका सवालहरुलाई प्रत्यक्ष उजागर गर्नु यसको प्रमुख क्रियाकलाप हो। यो थिएटरमा अभियन गर्ने, नृत्य गर्ने गायन गर्ने, संगीत गर्ने सबै कलाकाहरुको समिश्रण छ । अग्रजहरुकोसक्रिय सहभागितामा अनुज तथा प्रोत्साहित युवाको सक्रियता गर्ने इन्द्रेणी थिएटर को ध्येय छ । यसका साथै समाजमा वर्तमान परिस्थितिमा देखिएका विभिन्न जटिल सामाजिक समस्याहरुको समाधान कलामार्फत गर्ने काममा हामी प्रतिबद्ध छौं ।देशभरका स्थानीय तहहरुसँग समन्वय र सहकार्य गर्दैललितकला मार्फत विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गर्दै सामाजिक चेतनाको विस्तार गर्ने हाम्रोअभियान आज पर्यन्त जारी छ ।

About Indreni Theater

Indreni Theatre, established by a group of young people committed to mature human resources in Nepali theater, is a non-government organization out of the capital city Kathmandu and based in Pokhara-
the tourist city. It purposively advocates for the social issues through drama and other genres of literature as well as to diagnose and resolve social problems. Apart from this, the theatre aims at preserving the folk culture of Nepal, searching for extincting folk culture and social values. The theatre mainly activates itself to vividly present the issues of life, world and society at the physical stage for the virtually irritated people. The theatre is the complete and perfect combination of all types of artists; dancers, singers, musicians, actors. We have envisioned to activate the youths under the involvement of the seniors. Apart from this, we are committed to raise voice against social evils and superstitions and solve them through art and drama. Our campaign of awareness through fine arts in coordination with all the local level government throughout the nation is still in progress.

गण्डकी प्रज्ञा–प्रतिष्ठान

गण्डकी प्रज्ञा–प्रतिष्ठान गण्डकी प्रदेशका भाषा, साहित्य, लोक साहित्य, कला, संस्कृति र संगीतको अध्ययन अनुसन्धान गरी यसको संरक्षण एवम्सम्बर्धनको लागि गण्डकी प्रदेश सरकारद्वारा २०७८ सालमा स्थापित सरकारी निकाय हो । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री माननीय कृष्णचन्द्र नेपाली पोखरेल प्रतिष्ठानको प्रमुख संरक्षक रहनुभएको छ भने गण्डकी प्रदेश सरकारका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री माननीय मेखलाल श्रेष्ठ प्रतिष्ठानको संरक्षक रहनुभएको छ । स्थापनाकालदेखि नै गण्डकी प्रज्ञा–प्रतिष्ठानले भाषा, साहित्य, लोक साहित्य, कला, संस्कृति र संगीतको उत्थानको लागि उल्लेख्य कार्यहरु गर्दै आईरहेको छ । पोखरा महानगरपालिकाको वडा नं. १ बगरमा कार्यालय रहेको यस प्रतिष्ठानले गण्डकी प्रदेशका १५ विभिन्न जातजातिका कला र संस्कृति अध्ययन अनुसन्धान गरि दस्तावेजीकरण गर्नको लागि विज्ञ अनुसन्धानकर्ताहरुलाई खटाएको छ । गण्डकी प्रदेशमा जन्मनु भएका स्रष्टाहरुको परिचय कोष तयार गर्नको लागि तथ्यांक संकलन गरिरहेको प्रतिष्ठानले बेलाबेलामा विभिन्न विधाका स्रष्टाहरुलाई कार्यालयमा नै निमन्त्रणा गरि विभिन्न अन्तरक्रिया कार्यक्रमहरु गर्दै आईरहेको छ ।

 

About Gandaki Academy

Gandaki Academy is a government body established in 2078 BS by the Government of Gandaki Province. It aims at the study, research and protection of language, literature, folklore, art, culture and music of the province. Hon’ble Chief Minister of Gandaki Province Government Hon’ble Krishnachandra Nepali Pokhrel Foundation Hon’ble Minister of Education, Culture, Science, Technology and Social Development Hon’ble Mekhlal Shrestha is the Patron of the Foundation. Since its inception, Gandaki Academy has been working for the upliftment of language, literature, folk literature, art, culture and music. The institute has deployed expert researchers to study and document the study of arts and culture of 15 different castes of Gandaki Province. The academy, which has been collecting data to create an identity fund for authors born in the province frequently conducts various interaction programmes by inviting authors of different genres.

हार्दिक धन्यवाद

पवन रामदम , एटम बराल , नवराज बराल , सुसिल बराल , दिपेन्द्र वराल ,राजन बराल

Special Thanks

 Pawan Ramdam, Atom Baral, Nabaraj Baral, Susil Baral, Dipendra Baral, Rajan Baral

संपर्क :

इन्द्रेणी थिएटर , पोखरा २२ पुम्दी भुम्दी लुकुन्स्वारा
इमेल  : indrenitheatre@gmail.com 
Phone 9846638576 , 9856019705

Contact

Indreni Thetre, Pokhara, 22, Pumdi
Bhumdi, Lukunswara
Email: indrenitheatre@gmail.com
URL: www.indrenitheater.com.np
Phone [Cell] 9846638576 , 9856019705