नयाँ वर्षमा अनेसास जापानको कार्यक्रम प्रमुख आकर्षण नाटक इम्ब्रिओनिक

यस नयाँ वर्ष २०८० को अवसर पारेर अनेसास जापानले बैशाख १ गतेको दिन टोकियोमा विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ।
कार्यक्रमको प्रमुख आकर्षण पोखरास्थित इन्द्रेणी थिएटरको प्रस्तुतिमा नाटक मञ्चन हुनेछ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरको संयोजनमा बैशाख १ गते शुक्रवार एभरेस्ट इन्टर्नेस्नल स्कुल टोकियोमा ‘काव्यधरामा रङ्गमञ्च तथा ६६औँ नियमित साहित्य शृङ्खला’ नामक कार्यक्रम आयोजना हुँदैछ। कार्यक्रममा रङ्गकर्मीहरूको विशेष प्रस्तुतिका साथै जापानलाई कर्मथलो बनाएर साहित्य सिर्जना गरिरहेका साहित्यकारहरूको विशेष सिर्जना वाचन हुनेछ ।
Aankhi Jhyaal | नयाँ वर्षमा अनेसास जापानको कार्यक्रम प्रमुख आकर्षण नाटक इम्ब्रिओनिक