जापानी रंगमञ्चमा, नेपाली नाटक ‘इम्ब्रियोनिक’ मञ्चन हुने

पोखरा ।
पोखरा स्थित ईन्द्रेणी थिएटरको प्रस्तुती रहेको नाटक इम्ब्रियोनिक जापानमा मञ्चन हुने भएको छ । आउँदो अप्रिल ८ तारिख शनिवार र ९ तारिख आईतवार साँझ जापानको इताबासीमा रहेको सबटेरेनियन थिएटरमा सो नाटक मञ्चन गरिने ईन्द्रेणी थिएटरका अध्यक्ष केदारनाथ पौडेलले जानकारी दिए ।
इन्द्रेणी थिएटरको स्थापना बि।सं।२०७६ मा भएको हो । स्थापनाकाल देखि हालसम्म संस्थाले नाटक तथा साहित्यका अन्य बिधाहरुमा विभिन्न कार्यहरू गर्दै आइरहेको छ । स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नाटक, कार्यपत्र, खोज अनुसन्धान, चित्रकला, कविता, गजल लगायतको क्षेत्रमा काम गरिरहेको छ भने यहाँका स्थानीय सरकारी निकायहरू, बाङ्मय संस्थाहरू तथा अन्य समान उद्देश्य भएका विभिन्न संस्थाहरूसंग समन्वय गर्दै काम गरिरहेको पौडेलको भनाई छ ।
जापानी रंगमञ्चमा, नेपाली नाटक ‘इम्ब्रियोनिक’ मञ्चन हुने – City Tv Khabar (cityonetv.com)