घेरो तोड्ने ‘घेरो’

घेरो तोड्ने ‘घेरो’

पोखरामा मञ्चन भइरहेको नाटक ‘घेरो’ ले समाजमा भएका यस्तै अदृश्य घेरो तोड्न सिकाउँछ । नाटकले भन्छ, ‘देखिने चामलको रेखीले मनमा बाँधेको नदेखिने घेरोबाट जबसम्म फुस्किन सकिँदैन, तबसम्म समाज अघि बढ्दैन ।युथ क्रिएसन थिएटरको छैटौं प्रस्तुतिका रूपमा ‘घेरो’ आएको हो । पोखरा थिएटरको गन्धर्व नाटक घरमा शुक्रबारदेखि नाटक नियमित मञ्चन भइरहेको छ । केदार पौडेलको लेखन रहेको नाटकको निर्देशन कपिल शर्माले गरेका हुन् ।

Kantipur News