अन्धाविश्वास माथीको प्राहार “घेरो” पोखरामा मञ्चन

अन्धाविश्वास माथीको प्राहार “घेरो” पोखरामा मञ्चन

Ghero Play By kedar Nath Paudel

नेपाली समाजमा रहेका कुरीति वा आन्धाविश्वासलाई केन्द्रमा राखेर युथ क्रिएशन थिएटरले तयार पारेको घेरो नामक लोकनाटक पोखरामा मञ्चन भएको छ ।वालन शैलीमा तयार गरिएको नाटकलाई पत्रकार माझ बुधबार पोखरा थिएटरमा मञ्चन गरिएको हो । नाटकमा झाँक्री प्रथाबाट प्रताडित हुनुपरेको अवस्थालाई चित्रण गरिएको छ ।
मंसिर २१ देखि २९ गते सम्म दैनिक मञ्चन हुने घेरो नामक लोकनाटक केदार पौडेलले लेखेका हुन् भने कपिल शर्माले निर्देशन गरेका छन । यस्तै नाटकमा मधुसुदन पौडेलले भजनको रचना गरेका छन । समाजमा ससाना कुराहरुमा महत्व नदिँदा भोग्नुपरेको ठुला समस्यालाई नाटकिय रुपमा उतारिएको लेखक पौडेलले बताए । कुरीति र अन्धाविश्वासले नेपाली समाजमा जरा गाँडेको भन्दै त्यसलाई निमिट्यान्न पार्न सके मुलुकले फड्को मार्नेे उनको बुझाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *